मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेरि किन चल्यो अभिषेक र ऐश्वर्या डिभोर्सको चर्चा ?

काठमाडौं– बलिउडमा नायक अभिषेक बच्चन र नायिका ऐश्वर्याको सम्बन्धबिच्छेदले फेरि चर्चा पाएको छ । ऐश्वर्याको औँलामा विवाहको औँठी नभएका कारण पुनः चर्चा चुलिएको हो ।

केही दिनअघि ऐश्वर्या आफ्नो छोरीका साथ एक अवार्ड कार्यक्रममा उपस्थिति जनाउन दुबई पुगेकी थिइन् । उनलाई आयोजकले स्वागत गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा उनले विवाहको औँठी लगाएकी छैनन् । त्यहीकारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको सम्बन्ध बिग्रिएको अड्कल लगाएका हुन् ।

यो जोडीको सम्बन्धबिच्छेदको चर्चा लामो सयमदेखि छ । यसकाे शुरुवात भने अमिताभले छोरीलाई घर दिएपछि भएको हो ।  तर यसबारे उनीहरूले प्रतिक्रिया दिएका छैनन् । 

उनीहरु एकै कार्यक्रममा पनि छुट्टा-छुट्टै जाने गरेका छन् । यतिसम्म कि- भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्तको विवाहमा यो जोडी छुट्टा-छुट्टै पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?