मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो उपलब्ध गराइने

कञ्चनपुर– स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । 

विद्युतीय चुलो प्रवर्द्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो । 

सो संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैलशिखर, बैतडीको दशरथचन्द, पाटन, डिलाशैनी, बझाङको केदारस्यु, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा चुलो उपलब्ध गराउन लागिएको जानकारी दिए। 

‘कार्यक्रमअनुसार सन् २०२४ को अन्त्यसम्म चार हजार परिवारलाई विद्युतीय इन्डक्सन चुलो उपलब्ध गराउने लक्ष्य राखेका छौँ’,  उनले भने, ‘चुलोको कूल लागत पाँच हजार पर्ने गरेकामा प्रति चुलोमा दुई हजार एक सय ५० रकम अनुदान दिनेछौँँ ।’ 

कार्यक्रम सञ्चालनमा रहेका क्षेत्रमा इन्डक्सन चुलो प्रवर्द्धन गर्ने र यसका लागि सूचीकृत भएका व्यापारिक संस्थालाई प्रति इकाई दुई हजार १५० मा इन्डक्सन चुलो, प्रेसरकुकर ९तीन लिटर० र कराई ९२४ सिमी, दुई लिटर० मा नगद अनुदान दिने व्यवस्था गरिएको छ । 

कार्यक्रम संयोजक अवस्थीले एकल माहिला, दलित, सीमान्तकृत तथा विपन्न घरधुरीलाई विपन्नता पहिचानको आधारमा सङ्गठित भई आएमा घरको वायरिङ सुधारमा प्रति घर बढीमा रु एक हजार ७५ ९२०५०, एकल महिलामा आश्रित परिवार तथा विपन्न ९गरिबी रातो परिचयपत्र र अति विपन्न परिवारलाई भाँडा खरिदमा थप रु एक हजार पाँच सय ७५ अनुदान दिने व्यवस्था रहेको जानकारी दिए। 

संस्थाका प्राविधिक शिवराज पनेरुले  स्वच्छ ऊर्जामा सहज पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?