मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाको राष्ट्रपति भवनलाई ‘व्हाइट हाउस’ किन भनिन्छ ?

अमेरिकामा राष्ट्रपति भवनलाई ‘व्हाइट हाउस’ भनिन्छ । तर पहिला यसको नाम ह्वाइट हाउस थिएन । निर्माण कार्य सम्पन्न भएपछि, यसको नाम ‘प्रेसिडेन्ट्स प्यालेस’ अथवा ‘प्रेसिडेन्ट म्यान्सन’ भएपनि किन यसको नाम ‘व्हाइट हाउस’ राखियो त ?  

वास्तवमा यसको पछाडि एक सय २० वर्ष भन्दा पुरानो इतिहास रहको छ । अमेरिकी राष्ट्रपति भवनको नाम व्हाइट हाउस राख्नुको कारण, सन्  १८१४ मा ब्रिटिश आर्मीले वाशिंगटन डिसीमा थुप्रै ठाउँमा आगो लगाएका थिए ।

यसमा व्हाइट हाउस पनि परेको थियो । उक्त आगोको कारण यसको भित्ताको सुन्दरता नष्ट भयो, भवनलाई पुन आकर्षक बनाउन त्यसमा सेतो रङ्ग लगाइयो ।

त्यसपछि यसलाई ‘व्हाइट हाउस’ भन्न शुरु भयो । सन् १९०१ मा अमेरिकाको २६औँ राष्ट्रपति थियोडोर रूजवेल्टले आधिकारिक रूपमा यसको नाम व्हाउस हाउस राखे ।

‘व्हाइट हाउस’ केवल अमेरिकी राष्ट्रपतिको निवास स्थान होइन, यो अमेरिकाको ऐतिहासिक पूर्वाधारको एक उत्कृष्ट नमुना पनि हो ।

यसको डिजाइन आयरल्याण्डमा जन्मिएका जेम्स होबनले गरेका हुन् । सन् १७९२ देखि १८०० को बीच अर्थात आठ वर्षमा यसकाे निर्माण पुरा गरिएको थियो । आज व्हाइट हाउस उभिएको ठाउँमा पहिला जङ्गल थियो । 

व्हाइट हाउसमा कुल एक सय ३२ वटा कोठा रहेको छ । यस बाहेक ह्वाइट हाउसमा ३५ वटा बाथरुम, चार सय १२ ढोका, एक सय ४७ झ्याल, आठ वटा सिँढी र तीन लिफ्ट पनि छन् । 

यस भवनमा दुई बेसमेन्ट, दुई पब्लिक फ्लोर र बाँकी तला अमेरिकी राष्ट्रपतिको लागि सुरक्षित राखिएको छ ।  व्हाइट हाउसमा कुनैपनि शक्तिशाली देशमा हुने हरेक सुविधा उपलब्ध छ । भवनभित्र एउटा बंकर पनि उपलब्ध छ जसलाई समस्याको बेला अमेरिकी राष्ट्रपति र उनको परिवारलाई सुरक्षित राख्नको लागि प्रयोग गर्न मिल्छ । 

व्हाइट हाउसमा पाँच फुलटाइम शेफ काम गर्छन् र भवन भित्र एक सय ४० पाहुना एकसाथ रात्रि भोज गर्न सक्ने व्यवस्था रहेको छ ।  

व्हाइट हाउसको बाहिरी भित्ता रङ्ग लगाउनको लागि पाँच सय ७० ग्यालन रङ्गको आवश्यकता पर्छ । सन् १९९४ मा व्हाइट हाउसलाई रङ्ग लगाएको खर्च दुई लाख ८१ हजार डलर भएको थियो।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?