चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ।
आइतबार राति करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो।
सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो। रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया