मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दर छालाका लागि बेसन

बेसन अर्थात् चनाको पिठो त्वचाको सौन्दर्य बढाउनमा उपयोगी मानिन्छ । सुख्खा तैलिय तथा विभिन्न प्रकारका छालाका लागि बेसनको प्रयोग गर्नु फाइदाजनक हुन्छ

– बेसनको प्रयोगले छालालाई घामबाट बचाउँछ साथै छालामा भएका दाग, डन्डिफोर जस्ता समस्या समाधान गर्न मद्दत गर्छ ।

– तैलिय त्वचाका लागि बेसन निकै लाभदायी हुन्छ । बेसनमा गुलाबजल र दही मिलाएर त्वचामा लगाउने र १ घण्टा पछि सफा पानीले धुने गर्नाले छाला नरम, सफा र चम्किलो देखिन्छ ।

– सुख्खा छालाका लागि बेसनमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेस्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ ।

– त्यसैगरी बेसनमा काँक्रोको रस,, गुलाबजल मिसाएर त्वचामा लगाउनाले त्वचा सफा र स्वस्थ हुनुका साथै छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

– बेसनमा कागती,, दही र बेसार मिलाएर त्वचामा लगाउने र २० मिनेट पछि चिसो पानीले धुने गर्नाले मृत छाला हटाएर त्वचामा चमक पैदा गर्छ र छालालाई घामबाट पनि बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?