मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्दरताका लागि भिटामिनको महत्व

अनुहारको छाला चम्किलो बनाउन अनेक थरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अङ्ग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्त्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। आज हामी सुन्दरताका लागि भिटामिनको महत्वबारे चर्चा गर्दै छाैँ । 

भिटामिन ए : एन्टी एजिङ स्वस्थ छालाका लागि भिटामिन ए उपयुक्त मानिन्छ । छालालाई पुनः मर्मत गर्न पनि भिटामिन एको महत्त्वपूर्ण भूमिका हुन्छ । यसैगरी भिटामिन एले भरपूर डाइट खाएर तथा रेटिनाइटयुक्त नाइट क्रिम वा लोसन लगाएर पनि यसको फाइदा लिन सकिन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ

भिटामिन बी : रेडनेसभिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखा पर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बीले हाइड्रोसनको स्तर पनि बढाउँछ । अनुहारको प्राकृतिक सौन्दर्य जोगाउन भिटामिन बीको भूमिका महत्वूपर्ण हुन्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ

भिटामिन सी : दाग–धब्बा हटाउँछ भिटामिन सी मा छालामा चमक पैदा गर्ने तत्त्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजन निर्माण गर्छ । बजारमा प्रशस्त भिटामिनयुक्त क्रिम, लोसन, सिरम, तेल आदि पाइन्छन् । खानपानबाट पनि भिटामिन सी प्राप्त गरी प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त हुन्छ ।

भिटामिन ई : मोइस्चराइजरभिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई क्रिम तथा लोसनबाट पर्याप्त मात्रामा भिटामिन प्राप्त गर्न सकिँदैन । प्राकृतिक रूपमा भिटामिन प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?