शुक्राणुमा गिरावटको सम्बन्ध सिधा रूपमा मानिसको प्रजनन क्षमतासँग जोडिएको हुन्छ ।
तपाईँको शुक्राणुको सङ्ख्या कति हुन्छ भन्ने कुरा तपाईँको खानपिनमा समेत निर्भर हुन्छ, किनकि तपाई जे खानुहुन्छ, त्यसैबाट शरीरका सबै गतिविधि निर्धारित हुन्छन् ।
यदि तपाईँको खानामा धेरै चिल्लो पदार्थको मात्रा छ भने पनि तपाईँको शुक्राणुमा निश्चित रूपमा गिरावट आउँछ ।
शुक्राणुको अवस्था दुरुस्त राख्न यसो गर्नुहोस्
– धेरै टाइट अन्डरवेयर नलगाउनुहोस् र तातोपानीले नुहाउनबाट बच्नुहोस् ।
– यौन सङ्क्रमणबाट बच्नुहोस् ।
– मदिरा सेवन बन्द गर्नुहोस् । मदिरा सेवनले तपाईँको टेस्टस्टोरोन हर्मोनको कमी हुन्छ । यो हर्मोनको सिधा सम्बन्ध यौन क्षमतामा हुन्छ ।
– आफूलाई फिट राख्नुहोस्, मोटाउनबाट जोगिनुहोस् ।
– कसरत गर्नुहोस्, तर धेरै नगर्नुहोस् ।
– तपाई कति समय निदाउनुहुन्छ भन्ने कुराको सम्बन्ध पनि तपाईँको स्वास्थ्यमा हुन्छ । कम्तीमा पनि दिनमा ७ देखि ८ घण्टासम्म सुत्नुहोस् ।
– एक अध्ययनअनुसार हरेक ६ घण्टाभन्दा कम सुत्नेको प्रजनन क्षमतामा ३१ प्रतिशतले कम हुने सम्भावना हुन्छ । निद्रा समेत तपाईँको प्रजनन क्षमता कायम राख्न आवश्यक छ ।
– तातोपानीले सकेसम्म ननुहाउनुहोस्, किनकि शुक्राणु उत्पादनमा कम तापमान हुनु आवश्यक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया