न्युयोर्क – डोनाल्ड ट्रम्पमाथि फेरी एक पटक गोली प्रहार भएको छ।
आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा उनीमाथि गोली प्रहार भएको बताइएको छ । ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ।
घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो वाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए। त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन्। यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो।
घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए।
घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ। उ रहेको झाडीको नजिकै सुरक्षा कर्मीले केही हतियार समेत फेला परेको छ।
फ्लोरिडाको रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स ३ व्यस्त सडकको बिचमा छ। ट्रम्पमाथि यसअघिसमेत गोली प्रहार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया