काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आज आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । करिव अस्पतालको ९ दिनको बसाइ पछि आज उनीहरु छोरीसँग घर फर्किएका हुन् । जसको तस्विर हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
बलिउडकी सुन्दर अभिनेत्री दीपिका पादुकोण हालै छोरीको आमा बनेकी हुन् । सार्वजनिक तस्विरमा दीपिका पादुकोण र रणवीर सिंहको कार केहीबेर अघि अस्पताल बाहिर देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । जहाँबाट यो स्टार जोडी छोरी लिएर घरतर्फ प्रस्थान गरेका छन् ।
रणवीर सिंह मात्र नभई अभिनेत्रीकी सासू र ससुरा पनि दीपिका र उनको सानो परीलाई लिन अस्पताल पुगेका थिए । तर, अस्पतालबाट बाहिरिएका यी तस्विरहरूमा न रणवीर र दीपिका देखिएका छन् न त दम्पतीकी छोरीलाई पापाराजीले देखेका छन् ।
केही तस्विरहरूमा, दीपिका पादुकोणका अंगरक्षक जलाल कारमा पापाराजीहरूको पछि लागेका देखिन्छन्। रणवीर सिंह र दीपिका पादुकोण सेप्टेम्बर ८ मा छोरीको आमाबुवा बनेका छन् । यो जोडीले आफैंले एक पोस्ट सेयर गरेर फ्यानहरुलाई यो जानकारी दिएका छन् ।
दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए । विवाहको ६ वर्षपछि यी दम्पती प्यारी छोरीको आमाबुवा बनेका छन् । दीपिकाको डिलीवरी अघि अभिनेत्रीको गर्भावस्थाको फोटोसुट पनि सार्वजनिक भएको थियो । जसमा यो जोडी एकदमै सहज देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया