मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई संस्कृतविद् १५ हजार नगदसहित सम्मानित

काठमाडौँ– संस्कृती क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत दुई जना संस्कृतविद् सम्मानित भएका छन् । एक कार्यक्रमको आयोजना गरी संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू सम्मानित भएका हुन् ।

स्वर्गीय ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित अक्षयकोषबाट उनीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो । उनीहरुलाई एक प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

जोशीलाई ज्ञानकाजी–मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी–मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?