हाम्रो दैनिक जीवनमा वास्तवमा एक सेकेण्ड खासै केही पनि होइन । तर विज्ञानको आँखामा एक सेकेण्ड भन्ने कुरा पनि धेरै हो । यो समय विश्वमा धेरै कामका लागि पर्याप्त हुन्छ ।
आज हामी विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे तपाईँलाई जानकारी दिनेछौँ ।
– एक अध्ययनका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा विस्फोट हुन्छन् ।
– हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ ।
– एक सेकेण्डमा १४ सय व्यक्तिले यौन सम्पर्क गरिराखेका हुन्छन् ।
– एक सेकेण्डमा पृथ्वीमा ४ बच्चाहरूले जन्म लिन्छन् ।
– एक सेकेण्डमा दुई सय किलो फोहोर समुन्द्रमा बगाइन्छ ।
– संसारमा एक सेकेण्ड भित्र ९ सय २६ रुख काटिन्छन् ।
– एक सेकेण्डमा हाम्रो शरीरका ९ सय २६ कोशिका मर्दछन् ।
– एक सेकेण्डमा ३ जना व्यक्तिको विवाह हुन्छ ।
– पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया