मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भात खानुका फाइदै फाइदा

तौल घटाउनका लागि धेरै व्यक्तिले आफ्नो खानपानमा विभिन्न किसिमका परिवर्तन गरिरहेका हुन्छन् । खानपानमा परिवर्तन गरेरै तौल घटाउने लहरमा धेरैले पहिला छोड्ने भनेकै भात हुने गर्छ ।

धेरैलाई भात खाएमा मोटो भइन्छ भन्ने विश्वास रहेको छ । जसको कारण उनीहरू भात खाने गर्दैनन् ।  तर त्यस्तो होइन भातले शरीरमा समस्या भन्दा पनि फाइदा पनि गर्ने रहेछ ।

यस्ता छन् भातका फाइदा

–भातमा कय्यौं भिटामिन तथा मिनरल्सहरु पाइन्छ । भिटामिन डी, क्याल्सियम, फाइबर, आइरन, थाइमिन लगायतका तत्व प्रचुर मात्रामा पाइन्छन्  ।
– भातमा प्रशस्त मात्रमा कार्बोहाइड्रेट पाइन्छ । कार्बोहाइड्रेटबाट प्राप्त ऊर्जाबाट नै दिमागले शरीरलाई सञ्चालन गर्ने काम गर्छ ।
– कार्बोहाइड्रेटबाट प्राप्त ऊर्जाले पाचन क्रियालाई पनि नियमित राख्ने गर्छ ।
– भातको माड छालाका लागि फाइदाजनक हुन्छ। यसले मानिसलाई बुढ्यौली देखिनबाट बचाउँछ ।

यस्तै श्रीलङ्काको द कलेज अफ केमिकल साइन्सेजका शोधकर्ताहरूले गरेको एक अध्ययन अनुसार नरिवलको तेल हालेर भात पकाउँदा त्यसमा रहेको ६० प्रतिशत क्यालोरी नियन्त्रण गर्न सकिन्छ ।

 भातमा नरिवलको तेल हाल्दा यसमा रहेको रेजिस्टेन्ट स्टार्चको मात्रा बढ्ने र यसमा रहेको सुगर फ्याटमा बदलिने खतरा पुरै कम हुन्छ ।

नरिवलको तेल हालेर भात पकाउने र १२ घण्टा सम्म फ्रिजमा राख्ने हो भने यसमा रहेको क्यालोरी ५० प्रतिशत भन्दा बढी कम हुने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?