बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ भने धेरै सावधानी अपनाउनु पर्छ । यसका लागि बिहान उठ्ने बित्तिकै ओछ्यानबाट उठ्ने प्रयास नगर्नुहोस् । खस्ने र चोटपटक लाग्ने खतरा हुन्छ । केही समय शान्त रहने प्रयास गर्नुहोस् ।
त्यसपछि बाथरुम जाने वा ब्रश गर्ने गर्नुहोस् । यस बाहेक ओछ्यानमा नै ध्यान केन्द्रित गर्ने प्रयास गर्नुहोस् र योग आसनहरू गर्नुहोस् । यसले दिमागलाई शान्त बनाउँछ ।
–चक्कर लाग्ने समस्याबाट छुटकारा पाउन तपाईँले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ । सबैभन्दा पहिले आफूलाई हाइड्रेटेड राख्ने प्रयास गर्नुपर्छ । तरल पदार्थ वा पानी पिउन प्रयास गर्नुहोस् ।
–रक्सी वा धुम्रपान बिलकुलै नगर्नुहोस् । यसले शरीरमा निकोटिनको मात्रा बढाउँछ र धेरै रोगहरू निम्त्याउन सक्छ ।
–यदि सम्भव छ भने राति चाँडै खाना खाने प्रयास गर्नुहोस् र खाना खाएको तीन घण्टा पछि सुत्ने प्रयास गर्नुहोस् ।
–चिया वा कफीको अत्यधिक उपभोग नगर्नुहोस् किनकि यसमा उच्च मात्रामा क्याफिन हुन्छ जसले तपाईँको निद्रामा बाधा पुर्याउन सक्छ र तपाईँ बिहान उठ्दा चक्कर लाग्न सक्छ ।
–तनाव कम गर्ने प्रयास गर्नुहोस् ।
–नियमित व्यायाम गर्ने प्रयास गर्नुहोस् । यसले सबै प्रकारका समस्याहरू कम गर्न मद्दत गर्नेछ ।
–यदि तपाईँलाई बेलाबेलामा चक्कर लाग्छ भने चिकित्सकको सल्लाह लिन सक्नुहुन्छ । बिहान उठ्दा छाती दुख्ने, मुटुको धड्कन तीव्र हुने, असन्तुलन र टाउको दुख्ने समस्या छ चिकित्सकसँग परामर्श लिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया