मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिसेस यूएसए टुरिज्म २०२४’ को उपाधि श्रेष्ठलाई

काठमाडौँ– ‘मिसेस यूएसए टुरिज्म २०२४’ को उपाधि नेपाली कलाकार राजश्री श्रेष्ठले जितेकी छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको भएको उपाधी उनले जितेकी हुन् ।

उक्त प्रतियोगितामा उनले उत्कृष्ट मुस्कान २०२४ तथा २०२४ की यूएसए पर्यटन मानव अधिकार सद्भावना दूत समेतमा बाजी मारेकी छिन् ।

डिसी क्षेत्र मै बसोबास गर्ने राजश्री श्रेष्ठ मिसेस वासिङ्टन डिसी २०२४ की विजेता हुन् । ताज पहिरन गर्न पाएकोमा हर्ष व्यक्त गर्दै उनले सबै प्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

प्रतियोगिता गत सेप्टेम्बर १३ शुक्रबारका दिन डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?