मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म रिलिजयता हनुमान लगातार चर्चामा, दिनहुँ शानदार कमाई

काठमाडौं – तेज सज्जाको फिल्म हनुमान जनवरी १२ मा हिन्दीको साथसाथै साउथका भाषाहरुमा रिलिज भएको थियो । रिलिजयता नै फिल्म लगातार चर्चामा छ । फिल्मले मेकरहरुलाई मालामाल बनाइदिएको छ ।

अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठाको चहलपहलबिच हनुमानले दिनहुँ शानदार कमाई गरिरहेको छ । झन्डै २ हप्ता हुन लाग्दा समेत फिल्मको बक्स अफिस कलेक्शन सुस्ताएको छैन ।

सानो बजेटमा बनेको यो फिल्मले दक्षिणका सुपरस्टार महेश बाबुको गुंटूर कारमलाई समेत वर्ल्ड वाइड कलेक्शनलाई उछिनेको छ । यसैबिच मेकरहरुले फिल्मको अर्को पार्टको घोषणा गरेका छन् । मात्रै २० करोड भारुमा बनेको यो फिल्मले विश्वभर २०० करोडभन्दा धेरै कमाई सकेको छ ।

हनुमानको शानदार सफलताबाट मेकरहरु निकै खुसी भएका छन् । अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठाको मौका पारेर हनुमानको अर्को पार्टको घोषणा गरेर फ्यानहरुलाई ठूलो उपहार दिइएको छ ।

हनुमानको अर्को पार्ट जय हनुमान शीर्षकमा रिलिज हुने भन्दै फिल्मका निर्देशक प्रशान्त बर्माले एक्समा एउटा पोष्टमा भनेका थिए । सोमबार नै फिल्मको प्रि–प्रोडक्शन सुरु गरिएको बर्माले बताए ।

हनुमानमा तेज सज्जाले शीर्ष भूमिका निर्वाह गरेका थिए । तर जन हनुमानमा उनी लिड एक्टरको रुपमा नरहने बर्माले भने । बर्माका अनुसार जय हनुमानमा तेज सज्जा लिड हिरो हुने छैनन् । यस फिल्ममा उनी मनुमंथुको रुपमा रहनेछन् । लिड रोलमा भने कुनै ठूलो अभिनेता हुने बताइएको छ ।

फिल्मले ११ दिनमा भारतीय बक्स अफिसमा झन्डै १४० करोडको कमाई गरेको छ । फिल्मको कलेक्शनले सबैलाई छक्क पारिदिएको छ । ११ औँ दिनमा फिल्मको कमाई ७ करोड ५० लाख भारु थियो र योसँगै भारतीय बक्स अफिसमा फिल्मको कूल कमाई १३९ करोड ५५ लाख भारु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?