कुन दिन या समय नङ काट्न हुने नहुने घरका ठूलाबडाले भनेको हामी प्रायःले सुनेकै कुरा हो । स्वास्थ्यका दृष्टिले शरीरलाई सफा राख्नु अति आवश्यक छ । नेपाली परम्पराअनुसार हातले खाना खान सिकाइन्छ, त्यहीकारण नङ हाम्रो खानाको सम्पर्कमा आउँछ । त्यसैले नङ सफा राख्नु निकै जरुरी छ ।
नङमा धेरै फोहोर हुन्छ । त्यसैले नङ काटेर औँला सफा राख्नु महत्त्वपूर्ण हुन्छ । प्राय: मानिसहरू नङ काट्ने दिनबारेमा भ्रमित हुन्छन् ।
धार्मिक मान्यता र ज्योतिष विद्याले नङ काट्ने शुभ दिन र समय बताएको छ । सही दिन र सही समयमा नङ काटिएमा फाइदा हुने मान्यता छ ।
प्राय राति पनि नङ काट्नु हुँदैन भन्ने गरिन्छ । ज्योतिषका अनुसार सूर्यास्त र त्यसपछि राति नङ काट्नु हुँदैन, यसो गरेमा लक्ष्मी रिसाएर घरमा गरिबी आउने विश्वास छ ।
बारअनुसार नङ काट्दा के हुन्छ न ?
आइतबार : आइतबार नङ काट्नु अशुभ मानिन्छ। आइतबार नङ काट्दा मानिसको आत्मबल घट्छ, सफलतामा बाधा आउँछ । स्वास्थ्यमा नराम्रो असर पर्छ ।
सोमबार : सोमबार नङ काट्नु राम्रो हुन्छ । यसो गर्दा तमोगुणबाट मुक्ति मिल्छ। सोमबार भगवान् शिव, चन्द्रमा र मनसँग सम्बन्धित छ।
मंगलबार : सामान्यत: मंगलबार नङ काट्न निषेध गरिन्छ। मंगलबार नङ काट्दा ऋणबाट मुक्ति मिल्छ । जो मङ्गलबारको दिन हनुमानजीको व्रत बस्छन्, उनीहरूले यस दिन नङ काट्नबाट जोगिनु पर्छ।
बुधबार : बुधवार नङ काट्न शुभ मानिन्छ । बुधबार नङ काट्दा धन सम्पत्ति मिल्छ । करिअरमा उन्नति हुने योग छ । व्यापारबाट आम्दानी पनि बढ्छ ।
बिहीबार : बिहीबार नङ काट्दा सत्त्वगुण बढ्छ । बिहीबारलाई बृहस्पति बार र बृहस्पतिलाई आध्यात्मिक ग्रहको रूपमा पनि चिनिन्छ। बिहीबार नङ काट्दा अध्यात्म प्राप्त हुने जनविश्वास रहेको छ ।
शुक्रबार : नङ काट्नका लागि शुक्रबारको दिन सबैभन्दा शुभ मानिन्छ । यसो गर्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् । जीवनमा धन, समृद्धि, सौन्दर्य बढ्छ र सम्बन्ध मजबुत हुँदै जाने मान्यता छ ।
शनिबार : शनिबार नङ काट्नु हुँदैन । नङ काटे शनिदेव क्रोधित हुन्छन् । कुञ्डलीमा शनि कमजोर छ । शनिबार नङ काट्दा मानसिक तथा शारीरिक पीडा हुन्छ । धन हानि हुने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया