मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी खुसी बनाउनुहोस् जीवनसाथीलाई 

वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो । हिजोआज अधिकांश व्यक्तिको वैवाहिक जीवनबाट शान्ति हराएको पाइन्छ । समयसँगै पतिपत्नीबिचको प्रेम समेत कम हुँदै गएको छ । 

सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरबाही र एक अर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ ।

आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट सधैँ टाढा रहनुपर्छ । दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि सधैँ यी कुराहरूलाई ध्यान दिनुहोस् 

– प्रायः केही मायालु दम्पतीहरूले एक अर्काको आलोचना गर्ने बानी हुन्छ । कहिलेकाहीँ आलोचना गर्ने छुट्टै कुरा । तर त्यसैलाई लिएर बारबार किचकिच गर्ने नगर्नुहोस् । यसले आफूले केही पनि नगरेको जस्तो भान हुन्छ । 

– प्रेम आफ्नो ठाउँमा हुन्छ र पैसा आफ्नो ठाउँमा हुन्छ । तर यदि तपाईँ सबै चीजलाई पैसासँग जोडेर कुरा गर्नुहुन्छ भने तपाईँ बीचमा कुराहरू गलत हुन सक्छन् । यद्यपि पैसा महत्त्वपूर्ण छ तर तपाईँको पार्टनरभन्दा बढी महत्त्वपूर्ण छैनन्।

–  सुखी वैवाहिक जीवनका लागि जीवनसाथी रिसाएका बेला आफू शान्त रहनुपर्छ । एक जना आगो भएका बेला अर्को जना पानी बन्नुपर्छ ।

– जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन । यसबाट दुःखबाहेक केही हात लाग्दैन । पुराना गल्ती कमजोरीलाई भुलेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?