मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेलिभरीपछि यसरी घटाउनुहोस् आफ्नो तौल

गर्भावस्थाको समयमा ताैल बढ्नु एक प्राकृतिक प्रक्रिया हो । तर कतिपय महिलाको भने गर्भावस्थापछि पनि छिट्टै तौल घट्दैन ।

यस्तो अवस्थामा उनीहरू बढेको तौललाई लिएर चिन्तित हुन थाल्छन् र शरीरको आकार पहिलेको जस्तै बनाउन धेरै उपाय अपनाउँछन् ।

कतिपय महिलाले खान र पिउन पनि छोड्छन् । तर यदि तपाईं आफ्नो बच्चालाई स्तनपान गराउँदै हुनुहुन्छ भने खाना त्याग्नु आमा बच्चा दुवैको लागि स्वस्थ विकल्प नहुन सक्छ ।

यसका कारण तपाईंसँगै बच्चालाई पनि पर्याप्त मात्रामा पोषक तत्त्व प्राप्त हुँदैन । कमजोरी महसुस हुन सक्छ । यस्तो अवस्थामा डेलिभरीपछि तौल घटाउने यी उपायहरू स्वस्थ तरिकाले अपनाउनुपर्छ ।

– गुणस्तरीय पोषणमा ध्यान दिनुपर्छ । घरमा पकाएको ताजा खाना खानुहोस् । सम्पूर्ण अन्न, राम्रो गुणस्तरको प्रोटिन, फ्याट, हरियो तरकारी तथा फलफूल र विभिन्न रङका खानेकुरालाई आहारको हिस्सा बनाउनुहोस् । 

– गर्भावस्था पछि, पोषक तत्त्वहरू सेवन गरेर आफ्नो शरीरलाई बलियो बनाउनुपर्छ । त्यसैले पोषण विशेषज्ञबाट सही सल्लाह लिनुहोस्, जसले तपाईँलाई आवश्यक पोषक तत्त्वहरू कसरी समावेश गर्ने भन्नेबारे सही दिशानिर्देशहरू दिन सक्छन् ।

–  प्याकेज गरिएको खाना, जङ्क फुड आदिको उपभोग नगर्नुहोस् । तौल घटाउनका लागि मखना, स्टिम र पफ गरिएको चामल, ताजा फलफूल जस्ता केही स्वस्थ खाना खानुहोस् । खाना खाएपछि बच्चालाई भोक लाग्दा यसको सेवन गर्नुहोस् । 

–  खानामा फ्याटी एसिड समावेश गर्नुहोस् । घ्यु, मख्खन, एभोकाडो र ड्राईफ्रुटहरूको पनि सेवनबाट पनि राम्रो फ्याट प्राप्त गर्न सकिन्छ । यसबाट शरीरलाई ऊर्जा मिल्छ, मेटाबोलिज्म तेज हुन्छ, शरीरलाई पूर्ण पोषण मिल्छ, छाला र कपालको स्वास्थ्य पनि राम्रो रहन्छ ।

यो बाहेक डेलिभरीपछि बच्चालाई स्तनपान गराउँदा पनि आमाको तौल नियन्त्रण भइरहेको हुन्छ । आमाहरूले ६ महिनासम्म स्तनपान गराउँदा क्यालोरी बर्न हुन्छ र तौल नियन्त्रण गर्न पनि प्रभावकारी हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?