मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कमेडी च्याम्पियन सिजन ३ को प्रसारण फागुन ३ गतेदेखि हुने

काठमाडौं । कमेडि च्याम्पियनको तेस्रो संस्करण फागुन ३ गतेदेखि प्रशारण हुने भएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो। फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ।

दुई वटा सिजन शुरु भइसकेपछि तेस्रो सिजन ल्याउन लागेको निर्माण टिमले बताएको छ। कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको छ। थ्रि प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताए।

शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ। शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ। शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?