मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डाक्टरहरुले किन सेतो कोट लगाउँछन् ?

डाक्टरहरूको पहिचान भन्नु नै लामो सेतो कोट हो ।  तर के तपाईँले कहिल्यै सोच्नुभएको छ कि तिनीहरूले यो रङ्ग किन लगाउँछन् ? यसको प्रत्यक्ष सम्बन्ध बिरामी र डाक्टरहरूको सुरक्षासँग सम्बन्धित छ।

डाक्टरहरूले सेतो कोट लगाउने प्रचलन १९ औँ शताब्दीबाटै चलेको पाइन्छ र अहिले यो प्रचलन विश्वव्यापी बनिसकेको छ । यसको सम्बन्ध सरसफाइसँग जोडिएको छ । किनभने  डाक्टर भनिसकेपछि सफा हुनै पर्छ, डाक्टरले लगाउने लुगा पनि सफा हुनुपर्छ, नत्र उपचार गर्ने डाक्टरबाट उल्टै रोग सङ्क्रमणको डर हुन्छ । 

अरू रङका कपडामा फोहोर खासै नदेखिने हुनाले होला डाक्टरहरूले सेतो रङको कोट लगाउने गरेको, ता की कोट अलिक फोहोर हुने बित्तिकै देखिइहाल्छ र लगाउनेवालालाई सफा गर्न कर लाग्छ ।

त्यस्तै सेतो कोटमा रगत र रासायनिक चिन्हहरू सजिलै देखिन्छन् । यसरी बिरामीबाट चिकित्सक र अन्य व्यक्तिमा संक्रमण फैलिने जोखिम कम हुन्छ । यदि यसमा रगत वा अन्य कुनै रसायनको ट्रेस छ भने यसलाई परिवर्तन गर्न सकिन्छ।

सङ्क्रमणबाट जोगाउनु बाहेक, सेतो कोट लगाउनुको धेरै कारणहरू छन् । यो कोट लगाउने व्यक्ति डाक्टर वा मेडिकल स्टाफ हो भनी बताउँछ। यसले बिरामीहरूलाई उनीहरूलाई राम्रोसँग चिन्न अनुमति दिन्छ। यस बाहेक यो सेतो कोट सरसफाइको प्रतीक पनि हो ।

त्यस्तै अनुसन्धानका नतिजाहरूले बृद्धबृद्धाहरूलाई सेतो रङ बुद्धिको प्रतीक मान्ने गरेको बताउँछन्। डाक्टरहरूको सेतो कोट लगाउनाले बिरामीहरूलाई सहज महसुस गराउँछ र उनीहरूलाई आत्मविश्वास दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?