कानेगुजी एउटा यस्तो पदार्थ हो जुन कानभित्र रहेको ग्रन्थीमा पैदा हुन्छ र यसका थुप्रै काम हुन्छन् । यो हाम्रो कानलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।
यसले कानको नलीको माथिल्लो भागमा जमेको पत्रलाई सुक्न र त्यसमा चिरा पर्नबाट रोक्छ । साथै यसले कानलाई धुलोको कण र पानीबाट जोगाउँछ जसले संक्रमणलाई रोक्नमा मद्दत गर्छ ।
जब हामी बोल्छौँ, केही चपाउँछौँ, आफ्नो बङ्गारा घुमाउँछौँ भने यी कानेगुजी र छालाका कोशिका बिस्तारै कानको जालीबाट कानको प्वालतर्फ बढ्छ । जहाँ यो सामान्य रूपमा सुकेर बाहिर निस्कने गर्छ ।
कानेगुजी सामान्य रूपमा कुनै समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यो एउटा यस्तो अवरोधक बन्न सक्छ जसले कान दुख्न सक्छ वा कतिपय अवस्थामा त श्रवण शक्ति नै कमजोर हुनसक्छ ।
यसकारण कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरीकनै तपाईँको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । तपाईँको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईँ कान कन्याइरहनुहुन्छ भने तपाईँमा सङ्क्रमण भएको हुन सक्छ ।
कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईँ बूढो हुँदै जानुभएको संकेत हो । तर उमेरमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।
व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुहोस् किनभने तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।
कानेगुजीको प्राकृतिक रङ्ग हल्का सुन्तला र गाढा खैरो रङ्ग हो । कानेगुजी पहेँलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईँको कानमा सङ्क्रमण भएछ भनी बुझ्नू । कानेगुजी कत्ले खालको भयो भने अनि तपाईँको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लागेको हुनसक्छ ।
साथै कानेगुजी गनायो भने कानमा सङ्क्रमण भएछ भनेर बुझ्नुपर्छ । कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिन आवश्यक छ । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ पनि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया