काठमाडौँ – सीट भन्दा बढी यात्रु नराख्न र लामो दुरीमा दुई सवारी चालक अनिवार्य राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजालसले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच वटा विषयमा अन्तरिम आदेश जारी भएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरीत सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा नचढाउन नराख्ने आदेशको माग गरिएको थियो ।
सो रिट निवेदनमा कारण देखाऊ आदेश जारीसँगै सर्वोच्चले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन र सवारी भित्र यात्रुको इच्छा विपरीत ठुलो स्वरमा म्युजिक सिस्टम नबजाउन आदेश दिएको हो ।
त्यस्तै उच्च वाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आंतकित हुने गरी ठुलो स्वर र तीव्र गतिमा मोटरसाइकल नचलाउन, र १८ वर्ष उमेर नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि आदेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया