मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुकुमेलका यति धेरै फाइदा

सुकुमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ । मुटुसम्बन्धी रोग लागेकाहरूका लागि पनि सुकुमेल लाभदायक मानिन्छ । मुटुको गति तीव्र हुने, हाइपरटेन्सनलगायत मुटुसम्बन्धी समस्या भएकाहरूले चियामा सुकुमेल हालेर पिउँदा राम्रो हुन्छ । 

–सुकुमेलमा पाइने माइक्रोन्युट्रिएन्ट्सले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गरिदिन्छ ।

–सुकुमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

 –विभिन्नखालका पिसाबसम्बन्धी इन्फेक्सनको उपचारमा समेत सुकुमेल प्रयोग हुने गर्छ ।

–एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत सुकुमेल खानु राम्रो हो ।

–दम र श्वासप्रश्वाससम्बन्धी अन्य समस्या भएकाहरूका लागि पनि सुकुमेल खानु लाभदायक हुन्छ । 

–सुकुमेल खानाले शरीरमा जम्मा भएका विकार कम हुन्छ । 

– सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाएर चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले श्वासलाई ताजा राखी दुर्गन्ध हटाउँछ । 

–भोक नलाग्ने, बान्ता हुने, अपज हुनेलगायत समस्या छ भने सुकुमेल खानाले कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?