अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ ।
अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । फाइबरले भरपुर अम्बा खाँदा पेट त सफा हुन्छ नै यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ ।
अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । यसले पायल्स रोगीलाई राहत दिन्छ हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ ।
झाडापखाला रोक्छ अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ । पाचन सुधार्छ अम्बामा भिटामिन–सी, केरोटेनोइड्स र पोटासिम पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ । आँखा तेजिलो बनाउँछ अम्बामा पाइने भिटामिन–एले आँखा तेजिलो बनाउँछ ।
साथै रतन्धो लाग्नबाट समेत जोगाउँछ । दिमाग तेज बनाउँछ अम्बामा पाइने भिटामिन–बी ३ र भिटममिन–बी ६ले दिमागमा रक्तसञ्चार बलियो बनाउँछ, जसले गर्दा दिमाग स्वस्थ र तेज बन्छ । थाइराइडबाट जोगाउँछ अम्बामा कपर पाइन्छ, जसले थाइराइड प्रणालीलाई सन्तुलनमा राखी थाइराइडबाट निस्किने रसायनको घटबढबाट हुने रोग लाग्ने जोखिम कम गर्छ । मधुमेहमा लाभकारी अम्बामा मधुमेहका रोगीका लागि लाभदायक हुने किसिमको फाइबर पाइन्छ ।
कब्जियत नास गर्छ अम्बामा फाइबर बढी पाइने भएकाले यसले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । स्नायुलाई आराम दिलाउँछ अम्बामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । अम्बामा पाइने म्याग्नेसियमले मांसपेशी र स्नायु दुवैलाई आराम दिलाउँछ ।
गर्भवतीका लागि हितकारी अम्बामा फोलिक एसिड, भिटामिन–बी ९ पाइने भएकाले गर्भवती महिलाले अम्बा खाने गरेमा गर्भमा रहेको बच्चाको स्नायु प्रणाली कमजोर हुन पाउँदैन ।
प्रजनन क्षमता बढाउँछ अम्बामा फोलेट नामक तत्त्व पाइन्छ, जुन खानाले महिला र पुरुष दुवैको प्रजनन क्षमता बढ्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ अम्बामा पाइने भिटामिन–सीले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ ।
जसले गर्दा शरीरका विकार दिसा पिसाब, पसिना आदिको माध्यमबाट बाहिर निस्किन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया