मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशी प्रदेशबाट पहिलो पटक अस्थायी स्मार्ट लाइसेन्स वितरण

काठमाडौँ – कोशी प्रदेशमा ट्रायल पास गरे लगत्तै सवारी अनुमति पत्र पाइने भएको छ। कोशी प्रदेशबाट पहिलो पटक आजदेखि अस्थायी अनुमति पत्र वितरण शुरु गरिएको छ।

स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलो पटक अस्थायी सवारी अनुमति पत्र वितरण शुरु गरेको हो।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सेवाग्राहीलाई औपचारिक रूपमा सवारी अनुमति पत्र वितरण गर्दै उद्घाटन गरे।

गत साउन ३२ गते सात ओटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमति पत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोडसहितको अस्थायी सवारी चालक अनुमति पत्रको कार्ड छाप्ने निर्णय गरेको थियो।

सोहीअनुसार सबैभन्दा पहिला पटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो । कोशी प्रदेशमा सवारी चालक अनुमति पत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालय सात ओटा छन्। 

अब ती सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्यवस्था शुरु गरिएको छ। जसको समयावधि एक वर्षको हुनेछ। एक वर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाइ प्रदेशबाटै गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?