मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठगी गरेको आरोपमा सुलेमान शङ्कर (इकु) पक्राउ

काठमाडौँ- ठगी गरेको आरोपमा कलाकार सुलेमान शङ्कर (इकु) पक्राउ परेका छन् । कलाकार भिसामा विभिन्न मुलुक पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । इकुमाथि विभिन्न मुलुकमा आयोजना हुने कार्यक्रममा गैरकलाकारलाई कलाकार भिसामा लैजाने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म लिएर ठगी गरेको आरोप लगाइएको छ ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?