मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाहरूमा किन हुन्छ ढिलो बोल्ने समस्या ?

जब गर्भमा बच्चा रहन्छ सोही समय देखिनै शिशुको विकासक्रम सुरु हुन्छ । भ्रुण विकसित हुँदै गएर ९ महिनापश्चात् शिशु आमाको गर्भबाट यो भौतिक संसारमा जन्मन्छ । 

जन्मपश्चात् पुन उसको विकासक्रम सुरु हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन् ।

बोल्ने,हिँड्ने,खाने,अरूसँग घुलमिल हुने लगायत विविध कुरा । तर कतिपय बच्चाहरूको भने समयमा वृद्विविकास हुँदैन । जस्तै कतिपय बालबालिकाले छिट्टै बोल्न सिक्छन् भने कतिपयलाई निश्चित उमेरमा पनि कम बोल्ने वा बोल्न अलि ढिलो गर्छन् ।

कस्ता बच्चाहरुले ढिला बोल्ने सम्भावना रहन्छ ?

बालरोग विशेषज्ञ डा. रामहरी चापागाईँका अनुसार नौ महिना पुरा नपुग्दै जन्मिएका बालबालिकाले ढिलो बोल्न शुरु गर्न सक्छन् । समयपूर्व जन्मिएका बच्चालाई बोल्न मात्रै समस्या हुँदैन, उनीहरूमा ढिलो सुन्ने र अन्य सीप पनि ढिलो विकास हुन्छ । 

यस्तै अर्को भनेको कानको सङ्क्रमणका कारण पनि बच्चाहरूले बोल्न सकिरहेका हुँदैनन् । कतिपय बालबालिका जन्मेपछि कानको सङ्क्रमणबाट पीडित हुन्छन् उनीहरूको सुनाइमा समस्या हुनसक्छ ।

यस्ता बालबालिकाको बोल्ने क्षमतामा ठूलो असर पर्छ । यस कारणले गर्दा बच्चा ढिलो बोल्न सक्छ । यस्तोमा उसको कान जाँच गर्नुपर्छ ताकि उसको बोल्ने क्षमता विकास होस् । कतिपय बालबालिकालाई जन्मदेखि नै कतिपय कुरा बुझ्न र सुन्नमा कठिनाइ हुन्छ, जसकारण उनीहरू ढिलो बोल्न सक्छन् । 

किनभने उनीहरूले बोलेको बुझ्दैनन् र प्रतिक्रिया दिन पनि सक्दैनन् । साथै केही शिशुहरूमा भने आँखाको समस्याका कारणले पनि प्रस्ट बाहिरी वातावरणलाई नियाल्न नसकेर बोल्न सकिरहेका हुँदैनन् । कहिलेकाहीँ बच्चा ढिलो बोल्नुको कारण अटिजम पनि हुनसक्छ । यस अवस्थाबाट पीडित बालबालिकालाई बोल्न, बुझ्न र बुझाउन गाह्रो हुन्छ । 

अटिजम डिसअर्डरबाट पीडित बालबालिकालाई राम्रो हेरचाह चाहिन्छ । यदि बच्चा उचित उमेरमा बोलेको छैन भन्ने लाग्छ, ढिलो भयो भन्ने लाग्छ भने अस्पताल गएर परीक्षण गर्नुपर्छ । कहिलेकाहीँ यो समस्याको कारण न्युरोलोजिकल अक्षमता हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।

दुई वर्षको उमेरसम्म पनि बच्चाको बोली आएको छैन भने चिकित्सकसँग परामर्श लिन आवश्यक छ । यदि शिशुका अन्य सबै हिँडाई,हाउभाउ,परीवरसँगको घुलमिल लगायत सबै कुरा सामान्य छ र यदि बोली नै मात्रै आएको छैन भने यो अवस्थामा समस्या उत्पन्न हुनसक्छ । तर यदि शिशुको सबै वृद्वि विकास ढिला नै भइरहेको छ भने बोली ढिला आयो भनेर आत्तिनुपर्ने अवस्था रहँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?