मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फाइटरलाई यूएईबाहेक मध्यपूर्वमा प्रदर्शनका लागि प्रतिबन्ध

काठमाडौं – शुक्रबारदेखि विश्वभर रिलिज हुन लागेको फिल्म ‘फाइटर’लार्य यूएईबाहेकका खाडी मुलुकमा प्रदर्शनमा रोक लगाइएको छ । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर बलिउड फिल्म ‘फाइटर’ शुक्रबार विश्वभर रिलिज हुँदैछ ।

बलिउड फिल्म निर्माता तथा विश्लेषक गिरिश जोहरलाई उध्दृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै छ । तर प्रतिबन्ध लगाउनुको कारण भने केही खुलाइएको छैन ।

स्रोतले पनि फाइटरलाई यूएई बाहेकका मुलुकमा रोक लगाइएको खबरको पुष्टि गरेको उक्त भारतीय समाचार संस्थाले जनाएको छ । यसबारे निर्माताले पनि आधिकारिक रुपमा केही बताएका छैनन् ।

बलिउडको पहिलो एरियल एक्सन भनिएको यो फिल्म नेपालसहितका मुलुकमा भने शुक्रबार प्रदर्शन तयारीमा छ । आईएमडीबीसहितका पोर्टलले यसलाई सन् २०२४ कै बहुप्रतीक्षित फिल्म भएको बताइरहेका छन् ।

सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा ऋतिक र दीपिकासहित अनिल कपुर, करणसिंह ग्रोवर र अक्षय ओबरोयको अभिनय छ । नेपाली हलले पनि यो फिल्मको अग्रिम टिकट बिक्री खुला गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?