मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पल शाहको दाह्रीलाई लिएर किन ‘ट्रोल’ भइरहेको छ ?

काठमाडौँ– कलाकार पल शाह र पूजा शर्माको अभिनय रहेको फिल्म ‘रावायण’ तीजको अवसर पारेर गत भदौ २१ गतेबाट प्रदर्शनमा आयो । सुदर्शन थापाले निर्देशन गरेको उक्त फिल्मले रिलिजअघि राम्रो चर्चा बटुलेको थियो ।

दक्षिण भारतीय फिल्मको जस्तो मेकिङ भएको भन्दै फिल्मले तारिफ कमायो भने ट्रेलर र टिजरले पनि निकै हाइप कमाए । पोस्टरले पनि राम्रो हाइप बनाएको थियो ।

तर, रिलिजअघि नै फिल्म विवादमा तानियो । प्रचारका क्रममा कलाकार पूजा शर्माले गायिका समीक्षा अधिकारीलाई गलत देखाउन खोजेपछि सो अन्तर्वार्ताको फुटेज शेयर गर्दै सामाजिक सञ्जालमार्फत समीक्षाले एउटा स्टाटस लेखिन् ।

समीक्षाले पूजालाई स्टाटसमार्फत ‘पटक पटक पीडा नदिन’ पनि अनुरोध गरिन् । समीक्षाको उक्त स्टाटसपछि फ्यानहरुले पूजाको फिल्म बहिष्कार गर्ने ‘ट्रेण्ड’ नै चलाए । यता पूजाले भने आफूले कसैलाई आरोप नलगाएको भन्दै अर्को स्टाटस लेखिन् ।

पूजाको अभिव्यक्तिका कारण फिल्मको क्रेज घटिरहेका बेला फिल्म रिलिज त भयो । तर, आशा गरिएभन्दा निकै कम दर्शकले फिल्म हलसम्म जान चेष्टा गरे । मल्टिप्लेक्स हलमा समेत राम्रो शो पाएको ‘रावायण’ हेर्न दर्शक हलसम्म आएनन् । फिल्म हेरेका दर्शकले पनि पल शाहले निभाएको चरित्रमाथि प्रश्न उठाउन थाले ।

फिल्ममा पल शाहको शीर्ष भूमिका त छ नै । त्यसमा पनि उनको दाह्री र जुङ्गा नक्कली देखाइएको छ । उक्त दाह्री देख्दा नै नक्कली भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल बनेका छन् ।

नेपाली कलाकारले चरित्रमा कुनै मेहनत नगर्ने भन्दै बेलाबेलामा विरोध हुने गरेको छ । पलले चरित्रलाई न्याय दिन पनि बरु केही समय कुरेर दाह्री जुङ्गा राख्नुपर्ने कतिपयको तर्क छ । फिल्मको मेकिङ ठीकै भए पनि चरित्र निर्माणमा निर्माण टिम चुकेको भन्दै पललाई ट्रोल बनाइएको हो ।

पलको नक्कली दाह्री र पूजाको अभिव्यक्तिले फिल्मलाई ठूलो घाटा परेको कतिपयको टिप्पणी छ । यो फिल्ममा पल र पूजाका अलावा प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजङ्ग शाही लगायतको अभिनय छ ।

फिल्ममा निर्देशक थापाको कथा छ भने शिवम् अधिकारीले यसलाई स्क्रिप्टमा ढालेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?