मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी सजाउनुहोस् पूजा कोठा

पूजा कोठाको महत्त्व केवल त्यहाँ दिन–रात दियो बाल्नु र आरती गर्नु मात्र होइन । यहाँ गएर मनलाई पनि एक अलग शान्तिको अनुभव हुन्छ ।

यदि तपाईँले पूजा कोठा बनाउनु भएको छ भने, यसको सजावट पनि आवश्यक छ । ताजा फूल, मूर्तिहरूले पूजा गर्ने कोठा सजाउनुहोस् ।

 आज हामी तपाईँलाई पूजा कोठा सजावटको बारेमा केही टिप्स दिँदै छौँ 

– पूजा कोठा सजाउन डिजाइनर बत्तीहरूको प्रयोग गर्न सक्नुहुन्छ । आजकल बजारमा विभिन्न प्रकारका डिजाइनर बत्तीहरू सजिलै पाइन्छन् । यसबाट तपाईँ पूजा कोठा र यसको वरपरका भित्ताहरू सजाउन सक्नुहुन्छ ।

– यसबाहेक, तपाईले आफ्नो पूजा कोठालाई भगवानको छवि र धार्मिक प्रतीक वा चित्रबाट बनेको डिजाइनर बत्तीले पनि सजाउन सक्नुहुन्छ ।

– दियो स्ट्यान्ड पूजा कोठा सजावटको लागि राम्रो विकल्प हो । दियो स्ट्यान्ड आकर्षक देखिन्छ । त्यसैले सजावटको लागि मैनबत्ती स्ट्यान्डको प्रयोग गर्नुहोस् ।

– तपाईँ वाल पेपर र भित्ता स्टिकरहरूद्वारा मन्दिर पूजा कोठाको पछाडिको भित्ता सजाउन सक्नुहुन्छ ।

– पूजा कोठाको अगाडिको भुईँलाई रंगोली वा डिजाइनर कार्पेटले सजाउन सकिन्छ । धेरै मानिसहरू भित्ताहरू जस्तै भुईँलाई अलग–अलग रोगन गर्छन् । यदि तपाईँ चाहनुहुन्छ भने, स्थायी रंगोली बनाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?