मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी हटाउने पसिना गन्हाउने समस्या ?

काठमाडौँ – गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ ।  पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । जुन ग्रन्थिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । 

शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको विकार पसिनाकै रूपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ ।

यद्यपि, आवश्यकता भन्दा बढी पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरि बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।  

कसरी हटाउने यो समस्या ?

दैनिक नुहाउने,  नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्नुपर्छ । 
  
प्रत्येक दिन फिट्किरीको लेप लगाउने । 
 
ब्याक्टेरिया फङ्गस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । 

यदि क्रिमले पनि काम गरेन भने एन्टी फङ्गस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?