मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आठ वर्षपछि हङकङमा गुन्जिँदै ‘मंगोलियन हार्ट’

काठमाडौँ – साङ्गीतिक ब्यान्ड ‘मंगोलियन हार्ट’ले आठ वर्षपछि हङकङमा प्रस्तुति दिने भएको छ । उक्त ब्यान्डले हङकङको युन लोङ थिएटरमा भदौ ३० मा बृहत् कन्सर्ट गर्ने भएको हो । 

३२ वर्ष पुरानो ब्यान्डमा गायक राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । 

यो ब्यान्डले यसअघि नै अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, आबुधाबीमा प्रस्तुति दिइसकेको छ । 

नेपाली टच हङकङले आयोजना गर्न लागेको कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोष पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?