काठमाडौँ – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छाप्न नसकेको सरकारले अब रसिद मै क्युआर कोडको व्यवस्था गर्ने भएको छ ।
स्मार्ट लाइसेन्स नपाउने बेलासम्मका लागि ट्रायल पास गर्ने सेवाग्राहीलाई यस्तो रसिद प्रदान गर्न लागिएको हो ।
योसँगै अब ट्रायल पास गरेका सेवाग्राहीले फोटो र क्यूआर कोडसहितको रसिद पाउने छन् । यसका साथै ट्राफिक प्रहरीलाई पनि क्यूआर कोड ‘रिड’ गर्ने मेसिन उपलब्ध गराइने भएको छ ।
हाल देशभरमा ट्रायल पास गरेका १७ लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन बाँकी छ । उनीहरूले नाम, नागरिकता नम्बर, लाइसेन्स नम्बर उल्लेख गरिएको रसिद बोकेर स्मार्ट लाइसेन्सको काम चलाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया