काठमाडौँ – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन ‘आईकाओ’ को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।
बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुनु ।
एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा करीब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया