काठमाडौँ – आगामी फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौतले यो फिल्मको प्रचारका क्रममा मुम्बईको बङ्गला बेचेको खुलासा भएको छ ।
जापकीमा छापिएको एउटा समाचार अनुसार कङ्गनाले पाली हिलस्थित एउटा बङ्गला करोडौँ भारु घाटा खाएर बेचेकी हुन् ।
यसलाई हैदरावादको एक कम्पनीले ३२ करोड भारुमा किनेको हो । अभिनेत्रीले सन् २०१७ को सेप्टेम्बरमा यो बङ्गला किनेकी थिइन् ।
हाल यस बङ्गलाको मूल्य करिब ४० करोड भारु थियो । आपत् परेपछि अभिनेत्रीले यसलाई ८ करोड भारु कम मूल्यमा बेचेको बताइएको छ ।
अभिनेत्रीले दुई तले यो भवनलाई आफ्नो प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्सको अफिसको रूपमा प्रयोग गरिरहेको बङ्गलाको केही भाग सन् २०२० मा बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन अर्थात् बीएमसीले भत्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया