काठमाडौँ – अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ ।
यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा चार वटा मोबाइल लन्च गरेको छ ।
यस सिरिजभन्दा पहिले, एप्पलले धेरै प्रकारका मोबाइल, ल्यापटप, स्मार्ट घडी र अन्य ग्याजेटहरू लन्च गरिसकेको छ । विश्वभरका बजारमा आइफोनको माग निकै बढेको छ ।
इन्टरनेटको बढ्दो माग र खपतसँगै बजारमा स्मार्टफोनको क्रेज बढेको छ, जसको स्पष्ट प्रभावले आईफोनको माग लगातार बढिरहेको छ । यसै प्रसंगमा आज हामी आइफोनको बारेमा रोचक जानकारी दिँदै छौँ ।
पहिलो आईफोन कसरी बनाइयो ?
सन् १९७६ मा स्टिभ जब्स र उनका व्यापार साझेदार स्टिभ वोज्नियाक र रोनाल्ड वेनले मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए । एप्पलले सन् १९८० मा १.८ बिलियन अमेरिकी डलरको बजार मूल्यका साथ सेयर बजारमा डेब्यु गरेको थियो ।
यस वर्ष नोभेम्बरमा, स्टिभ वोज्नियाक र स्टिभ जब्सको मूल एप्पल कम्प्युटर अमेरिकामा भएको लिलामीमा ४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो । आइपडका ‘गडफादर’ भनेर चिनिने टोनी फडेलले बीबीसीसँग पहिलो आईफोन निर्माणको कथा साझा गरेका छन् ।
उनले पहिलो आईफोनको प्रोटोटाइप हराएको समेत खुलासा गरेका छन् । उनी हवाई यात्रा गर्नेक्रममा विमानबाट ओर्लिएर खल्तीमा हात हाल्दा फोनको प्रोटोटाइप नभेटेपछि आफु छक्क परेको बताएका थिए । टोनी फडेलले त्यति बेला स्टीव जब्सले के भन्नाल भन्ने डर लागेको बताएका छन् । यद्यपि, उनको खल्तीबाट खसेको प्रोटोटाइप विमानको दुई सिटको बीचमा भेटिएको बताए ।
यो समय थियो जब माइक्रोसफ्ट जस्ता कम्पनीहरूले फोनहरूमा व्यक्तिगत कम्प्युटरहरू एकीकृत गर्ने प्रयास गरिरहेका थिए । जहाँ एप्पलले आइपडलाई सुधारेर फोनको आकार दिने प्रयास गरिरहेको थियो । त्यतिबेला एप्पलले म्याकिन्टोस कम्प्युटरमा काम गरिरहेको थियो । त्यतिबेला कम्प्युटरको साइज पिङ पङ् टेबलजस्तो थियो ।
एप्पलका महान व्यक्तिहरू थिए तर उनीहरूसँग फोन बनाउन सक्ने सीप थिएन, त्यसैले टोनीले संसारका उत्कृष्ट विशेषज्ञहरूलाई भेट्ने विचार गरे । तर जब उनी स्वीडेनको एक रेस्टुरेन्टबाट अर्को टोलीसँग डिनर गरेर फर्के, उनले आफ्ना सबै सामानहरू हराएको थाहा पाए ।
उनी भन्छन्, ‘हामीलाई थाहा थियो यो प्रतिद्वन्द्वी कम्पनीले गरेको हो ।’ फोनमा किबोर्ड राख्नु पर्ने वा नराख्ने भन्ने विषयमा पनि बहस शुरु भएको थियो । जसका कारण टोलीभित्र ठूलो तनाव उत्पन्न भएको छ । स्टीभ आईफोनमा टचस्क्रिन भएको चाहन्थे, तर बाँकी टोली यसको विरुद्धमा थियो । अन्ततः निराश भएर एक दिन स्टिभ जब्सले स्पष्ट रूपमा भने- ‘जो टचस्क्रिनको विरुद्धमा छन् उनीहरूले टोली छोड्नुपर्छ ।’ यद्यपि टोलीले स्टीवबाट गोप्य रूपमा यसमा काम गर्यो ।
सन् २००७ मा सान फ्रान्सिस्कोमा भएको वार्षिक म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आईफोन लन्च गर्दा उनी हाँसेका थिए । तर, अहिले यो कम्पनी विश्वकै धनी कम्पनीमध्येको एक बनेको छ ।
आईफोन प्रयोगकर्ताको सङ्ख्या लगातार बढिरहेको छ। एप्पलको पहिलो आईफोनमा टचस्क्रिन, वाइडस्क्रिन आइपड, मोबाइल फोन र इन्टरनेट ब्राउजर जस्ता सुविधाहरू थिए । सीएनएनका अनुसार लन्चिङका क्रममा स्टिभ जब्सले भनेका थिए, ‘म विगत साढे दुई वर्षदेखि यो दिनको प्रतिक्षामा थिएँ ।
पहिलो आईफोनको मूल्य ३९९ अमेरिकी डलर राखिएको थियो । यो आइफोनमा १६ जीबी मेमोरी, ३.५ इन्चको टचस्क्रिन र २ मेगापिक्सेल क्यामेरा जस्ता सुविधाहरू थिए ।
स्टिभ जब्सलाई आईफोन बनाउने आइडिया कहाँबाट आयो ?
२०१० मा डि८ सम्मेलनमा दिइएको एक अन्तर्वार्तामा, स्टीव जब्सले आफू ट्याब्लेट बनाउने योजनामा काम गरिरहेको बताएका थिए । किबोर्डबाट कसरी छुटकारा पाउन सकिन्छ र मल्टिटच गिलास डिस्प्लेमा टाइप गर्ने विचार उनले लिए । यसका लागि उनले आफ्नो टिमसँग कुरा गर्दै के हामी मल्टिटच डिस्प्ले बनाउन सक्छौँ, जसले गर्दा हामीले टाइपिङबाट हात छुटाउन सक्छौँ, भनेर सोधेका थिए ।
स्टिभ जब्सले एक अन्तर्वार्तामा भनेका थिए, ‘लगभग छ महिना पछि, मेरो टोलीले मलाई मल्टिटच डिस्प्लेको बारेमा बोलायो र उनीहरूले मलाई प्रोटोटाइप डिस्प्ले देखाए ।’, उनले अगाडी भने, ‘मैले यो मेरो एक महान युआइ सहकर्मीलाई दिएँ । उसले मलाई केही हप्ता पछि कल गर्यो । मैले उसलाई रबर ब्यान्ड र केही अन्य चीजहरू मार्फत स्क्रोल गरेको देख्दा, यो मलाई लाग्यो कि हामीले ट्याब्लेटको सट्टा फोन बनाउन सक्छौँ ।’
उनले भने, ‘यसपछि मैले ट्याब्लेट प्रोजेक्टलाई अलग राखेँ किनभने फोन बढी महत्त्वपूर्ण थियो । त्यसपछि हामीले अर्को केही वर्ष आईफोनमा समर्पित गर्यौँ । अब अरू आयोजनामा काम गर्न सकिन्छ भन्ने महसुस भएपछि ट्याब्लेट आयोजनाको काम फेरि शुरु भयो ।’
एप्पलले अहिलेसम्म जम्मा २५ प्रकारका आईफोन मोडल वा सिरिज लन्च गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया