मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलले सार्वजनिक गर्‍यो टाउको हल्लाएरै फोन उठाउन र काट्न मिल्ने एयरपड्स

काठमाडौं – एप्पलले नयाँ प्रविधिको एयरपड्स सार्वजनिक गरेको छ ।

यो एयरपड्समा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने छ । एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मार्फत एप्पलले एयरपड्स फोर सार्वजनिक गरेको हो । 

एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । 

यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ । जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ ।

यो बाहेक यसमा एडप्टिभ अडियो (वातावरण अनुसार आवाज मिलाइने), कन्जर्भेटिभ कन्भरसेन (बोल्दा आफै साउन पज हुने), ब्याकग्राउन्ड न्वाइज रिडक्सन, क्विक प्रेस सेन्सर (म्युजिक कन्ट्रोल फिचर) जस्ता फिचर हुने छन् । 

यसलाई ५४९ डलरमा खरिद गर्न सकिने बताइएको छ । यी एयरपड्स १०० भन्दा बढी देशमा उपलब्ध हुने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?