मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज मंगलबार, यसरी गर्नुहोस् भगवान् गणेशको पूजा 

काठमाडौं – आज २०८१ साल भदौ २५ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १० तारिख । भाद्र शुल्क पक्षको सप्तमी तिथि । महालक्ष्मी व्रत आरम्भ ।

मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ।

मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मंगलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन्। हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ। गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन्। उनमा सबै गुण र शक्तिहरू शोभायमान छ। उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन्।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ।

१. श्री गणेशाय नमः २. ॐ श्री गणेशाय नमः ३. गं गणपतये नमः ४. ॐ गं गणपतये नमः ५. ॐ गं ॐ गणाधिपतये नमः ६. ॐ सिद्धि विनायकाय नमः ७. ॐ गजाननाय नमः ८. ॐ एकदंताय नमो नमः ९. ॐ लम्बोदराय नमः १०. ॐ वक्रतुंडाय नमो नमः ११. ॐ गणाध्यक्षाय नमः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?