मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गणपति विसर्जनमा सलमान खानले देखाए दुख, तर पनि खुसीले भगवानलाई गरे बिदाइ

काठमाडौँ – बलिउडका दबंग अभिनेता सलमान खानले आफ्नो परिवारका लागि जे पनि गर्न सक्छन् । यो उनको पछिल्लो भिडियो मध्ये एक देख्न सकिन्छ। गत हप्ता सलमानले फिल्मको सुटिङका ​​क्रममा आफ्नो करङमा चोट लागेको कुरा मिडियालाई पुष्टि गरेका थिए ।

गणपति विसर्जनमा सलमान खान आफ्नो सम्पूर्ण परिवारसँग देखिएका थिए । सलमान आफैंले यो भिडियो सेयर गरेका छन् र यसमा नाचिरहेको देखिन्छ तर उनको अनुहारमा समस्या पनि देखिन्छ जुन उनको चोटको कारण हो।

यो भिडियो गणपति विसर्जन को हो, जुन उनले आफ्नो परिवारसंग भएकाे देखिन्छ। सलमानले समुद्रको किनारमा प्रदूषण नहोस् भनेर घरमै सानो पोखरी बनाएर पर्यावरणमैत्री गणेशजीको विसर्जन गरेका थिए । भिडियो हेरेपछि धेरैले सलमानको चालको मात्रै होइन, उनको चोटको पनि चर्चा गरेका छन् सलमानले यो भिडियोको क्याप्सनमा लेखेका छन्, ‘हेप्पी गणेश चतुर्थी।

भिडियोमा सलमान परिवारसँग नाचिरहेका छन्, तर राम्रोसँग नाचिरहेका छैनन् । यसको कारण के हो भने उनको हालै करङमा चोट लागेको छ, जुन बिस्तारै निको हुँदैछ । तैपनि गणपति विसर्जनको अवसरमा समलान परिवारसँग देखिए ।

गत हप्ता सलमान खानले फिल्म सिकन्दरको सुटिङका ​​क्रममा आफ्नो करङमा चोट लागेको पुष्टि गरेका थिए । ‘बिग बोस १८’ को प्रोमो सुटिङका ​​क्रममा सलमानले पापाराजीसँग कुरा गरेका थिए जसमा उनले चोटबारे कुरा गरेका थिए । उनले दुई वटा करङ भाँचिएको तर अहिले आराम भएको बताएका छन् ।

सलमान खानको फिल्म सिकन्दर साजिद नाडियाडवालाको ब्यानरमा निर्माण भइरहेको छ र। यसलाई एआर मुरुगाडोसले निर्देशन गरिरहेका छन्। यो फिल्म अर्को वर्षको इदमा रिलिज हुँदैछ । यस फिल्ममा सलमानसँग रश्मिका मन्डन्ना देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?