काठमाडौँ – तमिल सुपरस्टार विजयको हालै रिलिज भएको फिल्म ग्रेटेस्ट अफ अल टाइम (GOAT) ले विश्वभर राम्रो कलेक्सन गरिरहेको छ। भारतमा पनि यो फिल्मले दैनिक कमाईका साथ बक्स अफिसमा कीर्तिमान बनाइरहेको छ ।
‘गोट’ले उद्घाटन दिन राम्रो व्यापार गरेको थियो । फिल्मले चार दिनको ओपनिङ वीकेन्ड गरेको थियो । ओपनिङ वीकेन्डमा पनि गोटको जादू देखियो ।
अब थालपथी विजयको फिल्म ‘गोट’को वास्तविक परीक्षा सुरु भएको छ । गोटको पहिलो सोमबार सेप्टेम्बर ९ मा थिएटरमा छ। विजयको फिल्म सोमबारको परीक्षामा उत्तीर्ण हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी छ ।
थालापथी विजय र वेंकट प्रभु अभिनित फिल्म ‘गोट’ सेप्टेम्बर ५ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मले तीन दिनमा विश्वभर २२७ करोडभन्दा बढी कमाएको थियो । गोटले भारतीय बक्स अफिसमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । रिपोर्ट अनुसार सोमबार दिउँसो ३ः५० बजेसम्म गोटले ४ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।
‘ग्रेटेस्ट अफ अल टाइम’ ले रिलिजको पाँचौं दिनमा १५० करोडको आँकडा छुन सक्छ । फिल्मले पहिलो दिन ४४ करोड कमाएको थियो । दोस्रो दिनको कमाई २५.५ करोड, तेस्रो दिनको कमाई ३३.५ करोड र आइतबार फिल्मले ३४ करोड कमाएको थियो ।
अब सोमबार ४.३४ करोडको कलेक्सनसँगै भारतीय बक्स अफिसमा गोटको पाँच दिनभित्र कुल कलेक्सन १४१.३४ करोड पुगेको छ । आज फाइनल फिगर आएपछि फिल्मले १५० करोडको आँकडा छुने अपेक्षा गरिएको छ ।
‘गोट’लाई वेंकट प्रभुले निर्देशन गरेका हुन् । ३ सय देखि ४ सय करोडको ठूलो बजेटमा यो फिल्म बनेको हो । थालापथी विजयले फिल्मका लागि २०० करोड भारु पारिश्रमिक लिएका छन् । गोटमा विजय दोहोरो भूमिकामा देखिएका छन् । फिल्ममा मीनाक्षी चौधरी, मालविका शर्मा, प्रशान्त र प्रभुदेवा जस्ता कलाकार पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया