मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेमिकन्डक्टर प्लान्टमा लगानी गर्दै भारतीय अडानी समूह

काठमाडौँ – भारतको सबैभन्दा ठूलो व्यापार समूह मध्ये एक अडानी समूहले सेमीकन्डक्टरमा लगानी गर्ने भएको छ । 

यो समुहले इजरायलको टावर सेमीकन्डक्टरसंग मिलेर महाराष्ट्रमा अर्धचालक (सेमीकण्डक्टर) प्लान्ट स्थापना गर्न  लागेको हो । त्यसका लागि उनीहरुबीच सम्झौता भईसकेको छ भने  यो आयोजनामा ​​करिब १० अर्ब डलर लगानी हुनेछ। 

भारतीय मिडिया रिपोर्टअनुसार, महाराष्ट्र राज्यमा स्थापना हुने यस सेमीकन्डक्टर प्लान्टको प्रारम्भिक क्षमता ४०,००० वेफर हुनेछ। भारतको अर्धचालक बजार २०२६ सम्म ६३ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ। 

पछिल्लो केही वर्षहरूमा सेमीकण्डक्टरहरूको माग द्रुत रूपमा बढेको छ। तर, आपूर्ति भने तुलनात्मक रूपमा कम छ। यो नयाँ खण्डमा अडानी समूहको प्रवेश हुनेछ। 

अहिले भारतको  केन्द्र सरकारले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई देशमा उत्पादन इकाईहरू स्थापना गर्न प्रोत्साहित गरिरहेको छ।  अमेरिका र चीनबीचको तनावका कारण सेमीकन्डक्टर खण्डमा परिवर्तन भइरहेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस हप्ता सिंगापुरको दुई दिने भ्रमणको क्रममा, दुवै देशले चिप डिजाइन र निर्माणमा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन्। यसका साथै भारतमा सिंगापुरको प्राविधिक लगानी पनि बढाइनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?