मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान खाली पेटमा काँचो चनाको सेवन गर्दा मिल्छ यति धेरै स्वास्थ्य लाभ  

बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो चना खानु स्वास्थ्यका लागी एकदम फाइदाजनक रहन्छ । पहिला चनालाई रातभरि पानीमा भिजाउनुहोस् ।

यसले चनालाई नरम बनाउँछ र यसका पोषक तत्त्वहरू शरीरले सजिलैसँग लिन सक्दछ । बिहान खाली पेटमा भिजेको चना खानाले पाचन प्रणालीलाई सुधार्न मद्दत पुर्‍याउँछ । 

यसले पाचन क्रियालाई सक्रिय बनाउँछ र दिनभरि तपाईँलाई ऊर्जा दिन्छ । चना प्रोटिनको उत्कृष्ट स्रोत हो । यसले मांसपेशीहरूलाई बलियो बनाउँछ र शरीरको मेटाबोलिज्मलाई बढाउँछ ।

यसको नियमित सेवनले वजन नियन्त्रणमा मद्दत पुर्‍याउँछ । चना फाइबरले भरिपूर्ण हुन्छ, जसले कब्जियत हटाउन मद्दत गर्छ र पेटलाई सफा राख्छ । यो तौल घटाउन चाहनेहरूको लागि एकदम प्रभावकारी हुन्छ ।

चना भिटामिन  ,आइरन, र म्याग्नेसियमले भरिपूर्ण हुन्छ । यसले तपाईँको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ, रक्तचापलाई सन्तुलित राख्छ र शरीरलाई दिनभरि ताजगी प्रदान गर्छ । प्रत्येक दिन बिहान खाली पेटमा काँचो चना खानुहोस् र आफ्नो स्वास्थ्यमा परिवर्तन महसुस गर्नुहुनेछ । 

चना वर्षौँदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। चनालाई रातभर पानीमा भिजाएर बिहान नरम भएपछि खान सकिन्छ। 

स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको कालो चनामा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । शाकाहारी मानिसहरूका लागि खानाबाट प्रोटिन प्राप्त गर्नु ठूलो चुनौती हो । त्यस्ता व्यक्तिहरुका लागि भिजेको चना खानु निकै फाइदाजनक हुन्छ ।

भिजेको चना प्रोटिनले भरपुर हुन्छ, यसबाहेक यदि तपाई एनिमियाबाट पीडित हुनुहुन्छ भने चनालाई आहारमा समावेश गर्नुपर्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ र यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसैगरी भिजेको चनामा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

यसले तपाईँको शरीरबाट सबै हानिकारक विषाक्त पदार्थहरू बाहिर निकालेर पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । चनाको नियमित खानाले कब्जियत र अपच जस्ता पाचन समस्यालाई टाढा राख्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार मोटोपन भएका र तौल घटाउन चाहनेहरूका लागि भिजेको कालो चना खानु राम्रो विकल्प हुनसक्छ ।

एन्टिअक्सिडेन्टले भरिपूर्ण, कालो चनामा फाइबर पनि उच्च हुन्छ जसले तपाईँलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । यस कारण, तपाईँलाई अस्वस्थ खाने कुरा इच्छा हुँदैन र वजन सजिलै घटाउन सकिन्छ ।

चनामा घुलनशील फाइबर हुन्छ जसले कोलेस्ट्रोलको स्तर घटाउँछ र पित्त एसिड नियन्त्रण गर्छ । चनामा पाइने डाइटरी फाइबर तपाईँको समग्र स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । राम्रो कोलेस्ट्रोलको स्तर कायम राख्नाले हृदय रोगको जोखिम पनि कम हुन्छ । यसकारण पनि चनाको सेवन गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?