काठमाडौँ– तामाङ समुदायको कला, संगीत, र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले राजधाजीमा ‘डम्फु साँझ’ हुने भएकोे छ ।
‘ल्हास्सो म्युजिकल ब्यान्ड’को आयोजनामा असोज १२ गते दरबारमार्गस्थित लिक्विड लाउन्ज एन्ड बारमा हुने ‘डम्फु साँझ’को यो दोस्रो संस्करण हो ।
‘ह्याङला डम्फु ह्याङला शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने मूल नाराको साथ हुन गइरहेको साङ्गीतिक कार्यक्रममा तामाङ समुदायको मौलिक बाजा डम्फु र यससँग जोडिएको सांगीतिक परम्परालाई विश्वभर पुर्याउने खास उद्देश्य राखिएको छ ।
तामाङहरूको सांस्कृतिक धरोहर र पहिचानलाई जोगाउन नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा तामाङ समुदायका प्रख्यात गायक तथा संगीतकार विश्व दोङको ब्यान्डले लाइभ प्रस्तुति गर्नेछ । गायिका सुमिना लो र सुनिता गोले लगायतका कलाकारहरुले पनि प्रस्तुति दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया