मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रसुवाको पासाङल्हामु मार्ग बन्द

रसुवा – जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारी साधन रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए । अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उनले बताए ।

ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए । सडक अवरूद्व भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?