काठमाडौँ – ‘टुवेल्थ फेल’ स्टारर विक्रान्त मेसी फिल्म ‘सेक्टर ३६’ मा सिरियल किलरको अवतारमा देखिने भएका छन् ।
युट्युबमा सार्वजनिक फिल्मको ट्रेलरले विक्रान्तलाई सिरियल किलरको भूमिकामा प्रस्तुत गरेको छ । रिलिज भएसँगै यो नेटफ्लिक्स फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको छ ।
नेटफ्लिक्समा भदौ २८ गते (सेप्टेम्बर १३) प्रिमियर हुने तयारीमा रहेको ‘सेक्टर ३६’ को ट्रेलर प्रहरी चौकीमा विक्रान्त मेसीबाट शुरु हुन्छ ।
दृश्यमा प्रहरीको भूमिका निर्वाह गरेका दीपक डोबरियाल आइपुगेपछि विक्रान्त उठ्छन् भने त्यसपछि लाई सोधपुछ गरिन्छ । ट्रेलरमा उनीहरुले बच्चालाई चकलेट खुवाएर मारेको देखाइएको छ । प्रहरीको सबै प्रयासका बाबजुद पनि सिरियल किलरको कुनै सुराक फेला परेको छैन ।
पुलिस अन्ततः विक्रान्तको घरमा पुगेपनि उनीहरूले कुनै प्रमाण फेला पार्दैनन् । विक्रान्तले पुलिसलाई आफ्नो छोरी छ कि भनेर सोध्छन् र आफ्नो गाउँमा ६ वर्षकी छोरी रहेको बताउँछन् ।
दुई मिनेट ३३ सेकेण्ड लामो यो ट्रेलरमा विक्रान्तले प्रहरी निरीक्षककी छोरीलाई अपहरण गर्छन् । त्यसपछि मात्र सत्य उजागर गर्न र बच्चाहरूलाई बचाउने अनुसन्धानतर्फ प्रहरीले कोसिस तीव्र पारेको कथा ट्रेलरमा देखिन्छ ।
फिल्ममा विक्रान्त मेसी, दीपक डोबरियाल, आकाश खुराना, दर्शन जरीवाला, बहरुल इस्लाम र इप्सिता चक्रवर्ती सिंहको अभिनय छ । फिल्मलाई आदित्य निम्बलकरले निर्देशन गरेका हुन् ।
‘सेक्टर ३६, सत्य घटनाहरूबाट प्रेरित फिल्म हो । जहाँ विक्रान्त फेरि कमाल गर्ने पक्का छ । यसअघि विक्रान्तको फिल्म ‘टुवेल्थ फेल’ले निकै चर्चा बटुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया