चितवन – अवरुद्ध बनेको पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।
शनिबार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकैको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।
बिहान साढे ७ बजे खसेको सुक्खा पहिरो ९ बजे पन्छाइसकेपछि राजमार्ग दुईतर्फी सञ्चालनमा चितवन प्रहरीले जनाएको छ।
पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया