काठमाडौँ- शरीरमा पानी घटेको छ भनेर कसरी चिन्ने भनेर धेरैलाई अचम्म लाग्छ । यसको पहिलो लक्षण हाम्रो पिसाबमा देखिन्छ । पिसाब पहेँलो भएमा वा पिसाबको रंग रातो भएमा शरीरमा पानीको कमी भएको बुझ्नु पर्दछ ।
लगातार घाममा हिँड्दा वा तातो भट्टीमा काम गर्दा शरीरमा पानी मात्र कम हुँदैन, सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको मात्रा पनि कम हुन्छ । यो अवस्था लामो समयसम्म रह्यो भने शरीरमा म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि घट्ने स्वास्थ्यकर्मी बताउछन् ।
वयस्कको शरीरमा ६० देखि ७० प्रतिशत पानी हुन्छ । पानीको यो स्तरमा धेरै भिन्नता भएमा हाम्रो शरीरको मेटाबोलिज्ममा असर पर्छ । अर्थात् खाएको खाना पच्दैन । यसका साथै व्यक्तिलाई सास फेर्न गाह्रो हुन सक्छ ।
यति मात्रै होइन, यो अवस्था लामो समयसम्म रह्यो भने व्यक्तिको श्वासप्रश्वास र मस्तिष्कमा असर पर्ने र उनको ज्यान जान सक्ने डर पनि हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कम पानी पिउनाले मात्रै डिहाइड्रेसन हुँदैन, पखालाले पनि शरीरमा पानीको कमी हुन्छ । पखाला हुँदा पानी र नुनको मात्रा कम हुन्छ। यसका साथै बान्ता, पसिना, पिसाब र श्वासप्रश्वासका माध्यमबाट शरीरबाट नुनहरु बाहिरिने गरेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यस्तो अवस्थामा व्यक्ति सुस्त हुने, बेहोस हुने, आँखा डुबेको र पानी पिउन चाहँदैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो अवस्था निर्जलीकरणको गम्भीर अवस्था हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया