काठमाडौँ- कहीँ कतै यात्रामा निस्किँदा वा शुभ कार्यको लागि निस्किँदा हाच्छ्युँ आउनुलाई बुढापाकाले अशुभ भन्ने गर्छन् । यसो हुँदा कुनै न कुनै रूपमा काम बिग्रिन सक्ने संकेत गर्ने उनीहरूको तर्क छ ।
बुढापाका मानिसहरूको सुझाव अनुसार यसरी घर बाहिर निस्कनेबित्तिकै हाच्छ्युँ आएमा केहीबेर रोकिनु पर्दछ । र, सम्भव भए घर फर्किनु पर्दछ । घरमा केही मिनेट बसेपछि काममा गए अशुभ समय टर्ने मान्यता र जनविश्वास छ । तर पछिल्लो समय यी कुराहरूमा ध्यान दिने चलन करिब हटिसकेको छ।
हाच्छ्युँ रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । हाच्छ्युँ रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँलाई रोक्न नहुने बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया