काठमाडौँ – दक्षिण कोरियाका दुई सहरमा सेप्टेम्बर १५ र १७ मा हुने सांगीतिक कार्यक्रम ‘ग्रेट नेपाल फर ग्रेट नेप्लिज’ स्थगित भएको छ ।
भिसा प्रक्रियाका कारण कार्यक्रम निर्धारित समयमा हुन नसक्ने आयोजक रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउसले जनाएको छ ।
निरन्तर तीन महिनादेखि प्रयास गर्दा पनि कोरियन दूतावासबाट अपोइन्टमेन्ट समय पाउन नसकेको र परराष्ट्र मन्त्रालय मार्फत पहल गर्दा पनि हुन नसकेकाले कार्यक्रम पछि सार्नुपरेको आयोजक संस्थाले जनाएको छ ।
यसअघि यो कार्यक्रम दक्षिण कोरियाको राजधानी सिउल र अर्को सहर बुसानमा हुने जनाइएको थियो । दूतावासबाट एपोइन्टमेन्ट समय पाउने बित्तिकै कार्यक्रमलाई अगाडि बढाउने पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया