मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मालिगाउँको टेस्ला सोरुममा आगलागी

काठमाडौँ- काठमाडौँको मालिगाउँस्थित टेस्ला सोरुममा शुक्रबार दिउँसो आगलागी भएको छ।

टेस्लाको चार्जिङ स्टेसनमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ। काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार शुक्रबार दिउँसो केही बेरअघि आगलागी भएको हो।

शुक्रबार दिउँसो करिब १२:१५ बजे काठमाडौँ महानगरपालिकास्थित मालिगाउँमा रहेको टेस्ला गाडीको चार्जिङ स्टेसनमा आगलागी भएको प्रहरीले जानकारी दिएको हो।

विद्युत् सर्ट भई आगलागी भएको बताइएको छ। काठमाडौँ महानगरको दमकल र सुरक्षा अधिकारीको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?